पचालझरना गाउँपालिकामा भिडियो एक्सरेमार्फत गर्भवती चेकचाँज हुने

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा भिडियो एक्सरेमार्फत गर्भवती चेकचाँज हुने भएको छ । पचालझरना गाउपालिकामा प्रसुति सेवा गुणस्तरीय प्रबिधि नहुदा बच्चा जन्माउन नसकेर धेरै सख्यामा प्रसुति ब्यथाले छटपटीएकी महिलालाइ हेलिकप्टरमार्फत थुप्रै चुनौती मोलेर उद्वार गर्नु परेको समस्यालाई सामाधान गर्नका लागी गाउँपालिकामा अल्ट्रासाउण्ड मेशिनवाट गर्भवति चेकजाच सुरू गरिएको छ ।

 गाउपालिकाको स्वास्थ्य केन्द्रमा भिडियो एक्सरेमेशिन जडान गरिएको गाउपालिका उपाध्यक्ष अल्किना बमले बताउनु भयो ।

थुप्रै चुनौतिका बावजुत पचालझरना गाउपालिकामा रहेका सम्पूर्ण गर्भवती महिला हरुको लागी भिडियो एक्सरे सुरु भएको उहाले बताउनु भयो । साथै अल्ट्रासाउण्ड मेशिन जडान भएसंगै अब पालिकामै समयमै पेटमा रहेको बच्चाको अबस्था बुझ्न सहज हुने प्रमुख प्रशासकिय अधिकृत पूर्णबहादुर विकले बताउनु भयो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत बिक ,गाउपालिका अध्यक्ष देबराज शाही अग्नि , स्वास्थ्य ईन्चार्ज बिरेन्द्र सन्ज्याल लगाएतको उपस्थितिमा सेवा सुचारू गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!