स्वास्थ्य शिविरबाट ३ सय बढी महिलाको स्वास्थ्य चेकजाँच

जुम्ला  जुम्लाको सिञ्जा गाउँपालिका ३ सय २७ जना महिलाले पाठेघरको मुखको क्यान्सरको उपचार गराएका छन्। ३ दिने पालिका स्तरीय महिला प्रजनन सम्बन्धी घुम्ती स्वास्थ्य शिविरबाट स्वास्थ्य उपचार गरेका हुन्।१७ गते धापा,१८ गते शानिगाँउ र १९ गते नराकोट स्वास्थ्य चौकीमा सञ्चालन भएको थियो। जसमध्ये धापामा ७७, नराकोटमा १ सय र शनिगाँउ स्वास्थ्य चौकीमा १ सय ५० जना महिलाहरूले सेवा लिएका छन्। भने ४ जनालाई अप्रेसनका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाएको छ। यस्तै ५७ जनालाई रिङ पेसरी राखिएको छ।

सिञ्जा गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाको आयोजनामा क्यान्सर रोग विशेषज्ञसहित धापा, नराकोट, शनिगाँउ स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरेर महिलाको पाठेघरको मुखको क्यान्सर भएका महिलाको स्वास्थ्य उपचार गरिएको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश धितालले बताए। पाठेघर सम्बन्धी चेकजाँच भिआइए सेवा, आङ खस्ने समस्या भएका महिलाहरूको लागि चेकजाँच तथा उपचार सेवा,सेतो पानी बग्ने ढाड दुख्ने तल्लो पेट दुख्ने सम्बन्धी चेकजाँच तथा उपचार सेवा दिइएको हो। दुर्गम क्षेत्रमा महिलाले बढी काम गर्नुपर्ने र प्रभावकारी सेवा नपाउँदा रोग पालेर बस्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै पाठेघरको निःशुल्क उपचारका लागि कार्यक्रम अघि सारेको उनले बताए।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!