स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा, सभापति पदका लागि शाहीको उम्मेदवारी दर्ता
त्रिभुवन विश्वविद्यालयको निर्वाचन कार्यतालिका अनुरुप आसन्न चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अनेरास्ववियू(क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस समितिको बैठकबाट सर्वसहमतिले सभापति पदको उम्मेदवारमा हिक्मत शाहीलाई चयन गरेको छ ।
बैठकको अध्यक्षता क्याम्पस समिति अध्यक्ष लङ्क बुढाले गरेका थिए भने बैठकमा सङ्ठनका केन्द्रीय उपाध्यक्ष अमरजङ्ग शाही, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज तिर्सना हमाल, प्रदेश कमिटी सदस्य महेश जि.सी. र निवर्तमान स्ववियु कोषाध्यक्ष माधव सापकोटाको उपस्थिति रहेको थियोे ।