उद्योग बिकास शाखाको आयोजनामा सिलाई कटाइ तालिम सुरु
कालिकोट स्थानिय श्रोत साधनको सदुपयोग गरौं । सीप सिकौ आत्मनिर्भर बनौं भन्ने मुलनाराका साथ ,तिलागुफा नगरपालिकाको उद्योग बिकास शाखा द्वारा संचालित गरिबी निबारणका लागि लघु उद्योम बिकास कार्यक्रम अन्त्रगत सिपमुलक तालिको उद्घाटन गरियको छ ।स्थानिय बेरोजगार युवा युवतीहरुलाई उद्यम मार्फत आत्म निर्भर बनाउनका लागी तालिमको आयोजना गरिएको नगर उपप्रमुख महेन्द्र बहादुर शाहिले बताउनु भयको छ ।। नगरपालिकाले आयोजना गरियको सिपमुलक तालिममा वडा नम्बर ९ र ११ का ३० जना महिला लाई सिलाई कटाई तालिम र १५ जना पुरूष लाई फर्निचर तालिम दिईने भएको हो । साथै सिपमुलक तालिमका सामाग्री समेत वितरण गरिएको छ ।
नगरपालिका को नीति तथा बार्षिक कार्यक्रम अनुसार रोजगारि सृजना गर्ने उद्श्ये साथ तालिमको उद्घाटन गरियको हो। उद्योग बिकास शाखाले आयोजना गरिएको सिपमुलक तालिम बाट 45 जनाले सिपमुलक तालिम लियर आत्मा निर्भर भन्ने भयका छन