स्थलगत छानविनका लागि आयोगका सह–सचिवको टोली बाजुरामा

 बाजुराः स्थलगत छानबिनका लागि निर्वाचन आयोगका सह–सचिव तुलछि श्रेष्ठको टोली नेपाली सेनाको हेलिकप्टर मार्फत आज बाजुरा आइपुगेको छ ।

मंसिर चार गते भएको निर्वाचनमा नेकपा एमोले ८ ठाउँ र नेपाली काँग्रेसले १६ ठाउँ बुथ कब्जा गरेको भनि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजृुरामा निवेदन परेको हुदाँ स्थलगत छानबिनका लागि सह सचिव श्रेष्ठको नेतृत्वमा ३ सदस्यी समितिको टोली बाजुरा आइपुगेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

नेपाली काँग्रेसले १६ ठाउँमा बुथ कब्जा गरि एकलौटि मतहालेकोे आरोप नेकपा एमालले लगाएको छ भने नेकपा एमालले ८ ठाउँ बुथ कब्जा गरि फर्जि मत खसाएको नेपाली काँग्रेस बाजुराले आरोप लगाएको छ ।

बाजुरामा रहेको दुई ठुला पार्टी नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा दिएको निवेदनका आधारमा आयोगलाई जानकारी गराएको हुदाँ स्थलगत छानविनका लागि आयोगको टोली बाजुरा आइपुगेको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।

आयोगका सह–सचिवको नेतृत्वमा बाजुरा पुगेको टोलीले बाजुराका राजनितिक दल, कर्मचारी लगाएत सगँ छलफल गर्ने निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थिले बताए ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!