हेलिकप्टर मार्फत बाजुरामा मतपत्र पुगे

बाजुरा जिल्लामा संघ र प्रदेश निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट मतपत्र पुगेका छन्।नेपाली सेनाको हेलिकप्टर मार्फत बिहिवार मतपत्र पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जानकारी दिएका छन् ।

जिल्लाका ९ वटै पालिकाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली सेनाको सहयोगमा मतपत्र बिहिवार मार्तडीमा आइपुगेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थिले जानकारी दिएका छन् । बाजुरामा मतदाता संख्याको ५ प्रतिशत बढी मतपत्र आएको अबस्थिले बताएका छन् ।
प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन् । बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरि जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!