युद्ध पर्यटकीय क्षेत्र पिलीमा पहिलो पटक सहिद स्मृति गोल्ड कप हुदै
कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा ७ पिलीमा प्रथम सहिद स्मृति गोल्ड कप हुने भएको छ । तिब्रिकोट फुटबल क्लव खाँडाचक्र नगरपालिका वडा नं. ७ को आयोजनामा जनयुद्धकालको अन्तिम घटना स्थल पिलीमा खुल्ला फुटबल प्रतियोगिता हुने भएकाे हाे ।
‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पिलीमा ज्यान गुमाएका सयौं सहिदहरुको सम्झनामा प्रथम स्मृति गोल्ड कप गर्न लागिएको तिब्रीकोट फुटबल क्लवका कार्यवहाक अध्यक्ष जिवा मल्लले जानकारी दिए ।
प्रथम सहिद स्मृति गोल्ड कपमा प्रथम हुनेलाई १ लाख ५५ हजार,५ सय ५५ पुरस्कार राशी सहित मेडल कप प्रमाण पत्रको व्यवस्था रहेको छ । यस्तै दृतियहुनेलाई ७७ हजार ७ सय ७७ को राशी सहित मेडल कप प्रमाण पत्र तथा उत्कृष्ट खेलाडी लाई ११ हजार १ सय ११ ,उत्कृष्ट गोलकर्ता लाई ९ हजार ९ सय ९९, उत्कृष्ट डिफेन्डर ७ हजार ७ सय ७७ र उत्कृष्ट गोल रक्षकलाई ५ हजार ५ सय ५५ राशी रहेको तिब्रिकोट फुटबल क्लवका सचिव सागरजंग शाहीले जानकारी दिए ।
कालिकोट जिल्लामै पहिलो पटक सवैभन्दा ठुलो धनराशीको गोल्ड कप हुन लागेकाे हाे । यस पटक भने फुटबल क्षेत्रमा तिब्रिकोट युवा क्लवको आयोजनामा कालिकोटकै सबैभन्दा ठुलो खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । जनयुद्ध कालको अन्तिम घटना स्थल पिलीलाई राज्यले जनयुद्धकालको अन्तिम युद्ध पर्यटकिय स्थल समेत घोषणा गरेको छ । यही पर्यटकीय स्थललाई चिनाउनको लागि खुल्ला फुटबल प्रतियोगिता गर्न लागि लागिएको कार्यवहाक अध्यक्ष जिवा मल्लले जानकारी दिए ।