महावै गाउँपालिकामा तिज प्रतियोगिता १४ टिम सहभागी
स्थानीय सरकार आएको अनुभुति महिलाहरुलाई महाँवै गाउँपालिकाले गरेको छ।महिलाहरुको महान चार्ड हरितालिका तिज प्रतियोगिता आयोजना गरिए २०७९ मनाएको छ ।तिजलाई मौलिक रुपमा मनाउने उद्येश्यले तिला नमुना माध्यामिक बिद्यालयको आयोजना तथा महाँवै गाउँपालिकाको सहयोगमा तिज विशेष प्रतियोगिता आयोजना गिरएको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह९भिजन०ले बताए ।
उनले नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिजको अवसरमा शुभकामना दिदै तिजका भाकाहरुले समाज परिवर्तनका सवालहरु पनि उठान् गर्नु पर्ने बताए । उनले भने, तिजका भागामा मौलिकता हराएको छ । हामीले तिजको मौलिकता जगेर्ना गर्दै समाज परिवर्तनका सवालहरु पनि समेट्नु पर्छ ।
महाँवै गाउँपालिकाका( ७ वटै वडाबाट १४ वटा टिमले तिज प्रतियोगितामा भाग लिएका छन्।अध्यक्ष सिंहले भने, उनीहरुले तिजका भाकामा नृत्य प्रस्तुत गरे । यसले गाउँपालिका भरीका महिला दिदी बहिनीहरु बीच भेटघाट, आत्मियता साँटा साँट, सद्भाव बाँडेको छ । तिज विशेष कार्यक्रममा स्थानिय सरकारले चासो दिएर कार्यक्रम आयोजना गर्न सहयोग गरेको महिलाहरुले बताइन्।