नेपालको एउटा सुन्दर प्राकृतिकस्थल हो,जहाँ पुग्नलाई हिड्नुपर्छ, पुगेपछि स्वर्गको अनुभूति हुन्छ’

कालिकोट बडिमालिका सुदूरपश्चिमको पहाडी जनजीवनमा सुन्दरता थप्ने एउटा प्राकृतिकस्थल हो । जहाँ पुग्ने मानिसहरु केवल सुन्दरता मात्रै देख्दैनन् मन भुलाएर स्वर्ग पुगेको आभास पाउँछन् । बाजुराको बडिमालिकाको सुन्दरता त्यतिमा मात्रै सीमित छैन, वर्षायामको बेलामा बडिमालिका पाटनहरु यति हरियाली छन जहाँ मनको फूटबल मैदानमा अनेकौ रहरले गोल गर्छन् ।

आफूले चाहेको अलौकिक सुन्दर, एकान्त र हरियालीले भरिएको संसारमा पुगेजस्तो महसुस हुन्छ । बडिमालिका पुगिरहने पर्यटन अभियान्ता हिमालय भट्टका फोटोले भन्छ, ‘बडिमालिका सुदूरपश्चिमको मात्रै होइन, नेपालकै एक सुन्दर दस्तावेज हो ।

समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको बडिमालिका वास्तविक रुपमा धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । तर धार्मिक पर्यटकको आकर्षणपछि यो हरियालीको सुन्दरताबाट चर्चित बनेको हो । हरियाली पाटन, पाटनबाट देखिने नजिकैको सैपाल हिमालले गर्दा बडिमालिकाको सुन्दरता निखारिएको छ ।

बडिमालिका धेरैजसो धार्मिक पर्यटक जाने भएपनि पछिल्लो समय एक उत्कृष्ट गन्तव्यका रुपमा अरु पर्यटक पनि पुग्ने गरेका छन् । बडिमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन लाग्ने ठूलो मेलाले यसको प्रचारप्रसार बढेको हो ।

त्यसबाट बढेको प्रचारले अचेल धेरैजसो मानिस एक उत्कृष्ट गन्तव्यको भ्रमणका लागि बडिमालिका पुग्ने गरेका छन् । बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!