पलाँता अस्पताल बन्द , नयाँ सरकारले २८ जनाको रोजगारि खोसिने त्रास

कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोट जिल्लाको पलाँता गाउँपालिका नब निर्बाचित जनपर्तिनिधिको आगमन संगै करार कर्मचारीलाई हटाउने भने पछि पलाँता अस्पताल बन्द भएको छ ।सपनामा मात्र सिमित बनेको गुनासो हरेक आम मानिसमा हुनेगरेको छ । कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० मा प्रदेशका सबै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागू गरेको छ ।

कार्यक्रम अन्तर्गत छोटो अवधिको रोजगारी सिर्जना गर्न प्रदेश सरकारले एक अर्ब आठ करोड बजेट विनियोजन समेत गरिसकेको छ । तर पनि धेरै मानिसहरु पढेर पनि बेरोजगारि अवस्थामा बसिरहेकका छन । केहिसपना आफ्नो त केही सपना घरपरिवारको पुरा गर्नका लागि धेरै मानिसहरु प्राविधिक शिक्षा पढ्नका लागि धेरै पैसा खर्च समेत गरि नै रहेका छन । कोही मानिसहरुले केही हद सम्म आफ्नो खर्च आफै उठाउन लागेको मात्र के थिए । फेरी यो नयाँ सरकारले करार कर्मचारी नराख्ने भनि हटाई दिदाँ धेरै मानिसहरु रोजगारविहिन अवस्थामा पुग्नु परेको छ ।

कालिकोटको पलाता गाँउपालिकाद्धारा संञ्चालित पलाता अस्पताल बन्द हुदाँ स्वास्थ्य क्षेत्रमा काम गर्ने २८ जना कर्मचारि अलपत्रमा परेका छन । विगत ६ महिनादेखि कुनैपनि कर्मचारिहरुले सेवासुविधा र बैशाखदेखि नियुक्ति समेत नपाएकाले गर्दा कर्मचारिलाई खान बस्न समेत समस्या भएकाले गर्दा पलाताँ अस्पतालमा कुनै पनि सेवासुविधा दिन नसक्ने पलाता अस्पतालका कर्मचारिहरुले बताएका छन । नयाँ सरकारले २८ जना कर्मचारीको रोजगारि खोसिने त्रास बढेको बताएका छन ।तिला न्युज बाट सभार

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!