पुराना सोच मण्डले र परिवारे राजनीति बाट मुलुकले न्याय पाउछ होलात क. राजेश

“युवाहरु भनेका परिबर्तनका सम्बाहक हुन् ”  भन्ने तर ब्याबहार चाहि यथास्थिति मा रमाउने प्रवृतिले कहिले मुलुकले न्याय पाउछ ? पुराना सोच जो मण्डले र परिवारे राजनीति बाट उदाएका पात्र हरु छन् ति पात्र कि त अहिलेका युवा बौद्धिक , चिंतनमुखी , योग्य र यथास्थितिबाद लाइ चिर्ने ताकत राख्ने उर्जावान युवा संग प्रतिस्पर्धामा आउन सक्षम हुनु पर्यो नभए अबसर र चुनौतिको सामना अब युवा बर्गलाई समर्पण गर्नु को विकल्प छैन ।

 

यदि पितृ सत्तात्मक राजनीतिमा रुमलिएर अझैँ पनि युवा पुस्ता मा नेतृत्व हस्तान्तरण नगरी आफैलाई सर्बज्ञान सम्पन्न मान्दै जाने हो भने भोलि आउने नया पुस्ताले आफ्ना अग्रज हरुलाई धिक्कार्नेछन र इतिहासले समिक्ष्या गर्दै नालाएक को उपमा दिनु दुई मतनै छैन ।हिजो बिहान समाजबाद र साम्यवाद को नारा मुखमा सनाई झैँ फुक्दै हिड्ने तर ब्याबहारमा “ जता जता बाहुन बाजे त्यतै त्यतै स्वाहा “ भन्ने उखान लाइ परम्परा बनाएर बसेका पार्टीका नेताहरू गाउ समाजको अझै पनि दोहन गरिरहेका छन ।

 

हाम्रो समाज लाइ अल्पज्ञानको भकारी भएका नेताहरुले भोलिका दिनहरुमा कहा पुराउलान ? हाम्रो समाज लाइ परिबर्तनशिलता तर्फ अग्रशर गराउन खोज्दै गर्दा त्यहि गाउ समाजमा लम्पसार परेका पार्टी प्रतिनिधि हरु जो बिगत लामो समय देखि बिरोधमा लागे म जस्ता कयौ नेताहरु जो सामाजिक रुपान्तरण र सम्रिधिको सपना देखिरहेका हुन्छन हाम्रो आवाज र बिचार लाई अप्रासंगिक बिषयबस्तु संग दाजेर कम चेतना भएका आम नगरिकमा अल्पज्ञान छर्दै यथास्थिति बादमा रमाउन पल्केका छन् । बिचार , बिबेक र ज्ञान उमेर परिपक्कता हुन आबश्यक्ताको पनि हेक्का राख्नु जरुरि छ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!