पचालझरना गाउँपालिकाको कोटीलामा रहेको शहिद स्मृती आवासिय विधालयमा पठन पाठन शुरु ।

कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको कोटीलामा रहेको शहिद स्मृती आवासिय विधालयमा पठन पाठन शुरु भएको छ । पचालझरना गाउँपालिकाको वडा नं.९ मा रहेको आधारभुत विद्यालय र कर्णाली आधारभुत विद्यालयमा कक्षा ५ देखी ९ सम्मका विद्यार्थि हरुले भर्ना गरेर पठन पाठन गरि सु्रु गरिएको स्थानीयले बताएका छन

आवासिय विद्यालयमा पठन पाठन सुरु गरिएसाथै आउने आर्थिक बर्ष देखी जनयुद्धका क्रममा सहित ,वेपत्ता तथा घाईतेहरुका बालबालिका हरुलाई आवास सहितको ब्यावस्थापन गर्नेकालागी भर्ना सुरु गरिएका हो ।

अहिले कालिका र कर्णाली आधारभुत विद्यालयबाट १सय २४जना छात्र र छात्राहरुले भर्ना गरिएको शिक्षक शंकर संज्यालले बताउनुभएको छ ।उहाँका अनुसार आउदो शैक्षिक सत्र देखी व्यवस्थित गरेर पठन पाठन सुरु गर्न योजना रहेको समेत संज्यालले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!