नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्‍टि

काठमाडौँ । नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट सङ्क्रमण देखिएको छ ।जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो ।

 

 

यही पुस महिनामा कोरोना सङ्क्रमणका ११ सय ४६ नमूनाको स्क्रिनिङ गर्दा २ सय ५० वटामा एस जिन नेगेटिभ आएको थियो ।एस जिन नेगेटिभमध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता मिश्राद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!