सुर्खेत विमानस्थल मंसिर १० देखि पुस ५ गतेसम्म बन्द हुने

सुर्खेत । धानवमार्ग (रनवे) मर्मतसम्भार गर्नका लागि सुर्खेत विमानस्थल बन्द गरिने भएकाे छ । नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार धावनमार्ग ओभर–ले गर्नुपर्ने भएकाले मंसिर १० गतेदेखि पुस ५ गतेसम्म विमानस्थल बन्द हुने भएको हो।
उक्त अवधिभर नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुराहरी भण्डारीले जानकारी दिनुभयाे ।

‘यो २५ दिन भित्र मर्मर गरिसक्ने हाम्रो योजना छ,’ उहाँले भन्नुभयाे, ‘यो नियमित प्रक्रिया नै हो, विमानस्थल नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले नै अहिले यो काम गर्न लागिएको हो ।’

सुर्खेत विमानस्थलको उडान बन्द हुने भएपछि वायुसेवा कम्पनीहरुले विकल्पमा नेपालगन्ज विमानस्थलमा दैनिक थप गर्ने जनाएका छन् । बुद्ध एयरले सुर्खेत विमानस्थल बन्द हुने भएपछि नेपालगन्जमा एउटा उडान थप्ने गरी ६ वटा उडान गर्ने जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!