कर्णाली प्रदेश स्तरिय मुख्यमन्त्री कपका लागि कालिकोटबाट खेलाडी छनोटका लागि भलिवल प्रतियोगिता मान्ममा सुरु

 कर्णाली प्रदेश स्तरिय मुख्यमन्त्री कपका लागि कालिकोटबाट खेलाडी छनोटका लागि भलिवल प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्य का लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्ला खेलकुद बिकास समिति कालीकोटको आयोजना तथा खाँडाचक्र नगरपालिकाको सह आयोजनामा खेलाडि छनोट भलिवल खेलको शनिवार आज उद्घाटन गरिएको छ ।

महिला÷पुरुष भलिवल खेलाडी छनोटका लागि कालिकोटका ९ वटा स्थानीय तहबाट खेलाडीहरु उपस्थित भएका छन् । ९ वटा स्थानीय तहबाट उत्कृष्ठ खेलाडी छनोट गरी छनोट भएका खेलाडिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने मुख्यमन्त्री कप खेल्न पाउनेछन् ।

खेलकुद क्षेत्रबाट कालीकोटलाई चिनाउनका लागि र मुख्यमन्त्रीकपमा कालीकोटबाट खेलाडिलाई सहभागिता गराउनका लागि जिल्ला स्तरीय भलिवल प्रतियोगीताको आयोजना गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहबाट पुरुष र महिला खेलाडिहरुको उपस्थिति रहेको जनाइएको छ । प्रतियोगीता जिल्लाको खाडाचक्र नगरपालिकाको पञ्चदेवल उच्च माध्यमिक विद्यालयमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!