सभापतिमा रावल विजयी

बाजुराः नेपाली कांग्रेस बाजुराको पार्टी सभापतिमा रामसिंह रालवल विजयी भएका छन् । कांग्रेस बाजुराको ७ औँ जिल्ला अधिववेशनमा सभापति पदमा विजयी भएका हुन ।

पार्टी सभापतिमा ३ जनाको उम्मेदवारी रहेको थियो जस्मा देउवा प्यानलबाट कविराज पण्डित,पौडेल प्यानलबाट रामसिंह रावल र विना प्यानल बाट चक्रबहादुर शाह रहेका थिए ।

पहिलो चरणको निर्वाचनमा कविराज पण्डितको अग्रता रहको थियो जसमा कविराज पण्डितले ४ सय ८९ मत प्राप्त,रामसिंह रावलले ४ सय ७४ र चक्रबहादुर साहले १ सय ५२ मत प्राप्त गरेका थिए ।

नेता कविराज पण्डितको अग्रता भएता पनि कुल मतको ५१ प्रतिशत पुगेको थिएन ।

५१ प्रतिशत नपुग्दा सभापति पदकालागि पुनः मतदान गरिएको थियो । पुनःमतदानमा सभापतिमा कविराज पण्डित र रामसिंह रावल विच कडा प्रतिस्पर्धा भएकाे छ। १ हजार १ सय ८२ मतखसेका थिए । उक्त मतमा रामसिंह रावलले  ६ सय ५ मत प्राप्त गरेका छन् भने उहाँ प्रतिस्प्र्धी कविराज पण्डितले ५ सय ६६ मत प्राप्त गरेका छन् ।

११८२ मत मध्य ११७१ मत सदर र ११ मत बदर भएका छन् । रामसिंह रावलले ३९ मत बढी ल्याएर विजयी भएका छन् । रामसिंह रावल पाैडेल पक्षका रहेका छन् । बाजुरामा पाैडेल सिटाैला पक्षले  विजयी प्राप्त गरेका छन् । देउवा पक्षले सहसचिव पदमा मात्र विजयी प्राप्त गरेका छन् भने अन्य सबै पदमा पाैडेल सिटाैला पक्षले विजयी प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!