सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण, तीन सशस्त्र प्रहरी जवान घाइते

काठमाडौं : कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ दोधाराचाँदनी नगरपालिका ८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि तस्कर समूहले आक्रमण गरेको हो ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान सामान्य घाइते भएका हुन् ।घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जानकारी दिएको छ ।

नेपालतर्फ सामान तस्करी गरिरहेको समूहले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुंगामुढा गरेको हो ।आक्रमणपछि तस्कर समूह भारततर्फ भागेको प्रहरीले जनाएको छ । तस्करको समूहलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गरिने सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *