सल्यानको बनगाडमा बसाइँ सरे राउट

सल्यान । कालीमाटी गाउँपालिका–५ काल्चेबाट सुर्खेतको गुर्भाकोट नगरपालिका–१ सिमसारमा बस्ती सारेको एक महिना नबित्दै लोपोन्मुख राउटे समुदाय फेरि सल्यानमा फर्केका छन् । उनीहरू सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–११ स्थित भेरी नदी किनारमा बसाइँ सरेका हुन् ।

कालीमाटी गाउँपालिका–५ काल्चेडाँडामा बस्दै आएको समयमा चार जनाको मृत्यु भएपछि गुर्भाकोटमा बस्ती सारेका थिए । लामो समय दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका राउटेहरू काल्चे, गुर्भाकोट हुँदै अहिले नदी किनारमा सरेका हुन् । उनीहरूले पछिल्लो पल्ट भदौ ७ गते बसाइँ सारेका थिए ।

एक साताअघि बालुवासंग्रहीस्थित भेरी नदी किनारमा आएका उनीहरू धमाधम बासस्थान बनाउन व्यस्त छन् । यो पटक जाजरकोट जान बस्ती सारेको राउटे मुखिया सूर्यनारायण शाहीले बताए । ‘अहिले कुनै घटना भएर बस्ती सारेका हैनौं,’ उनले भने, ‘तर गुर्भाकोटमा सिमसार क्षेत्र बढी भएकाले नसुक्ने देखियो ।’ राउटे समुदायले यसअघि बसिरहेको ठाउँमा कसैको मृत्यु भए मात्र बसाइँ सार्ने गरेका थिए । भेरी किनारमा दसैंसम्म बसेर पुरानो बस्ती भएको ठाउँ जाजरकोट सर्ने राउटेहरूको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *