भीरबाट बोलेरो खस्दा एकै परिवारका ३ जनाको निधन

काठमाडौं – काठमाडौंबाट ओखलढुङ्गा तर्फ जादै गरेको बोलेरो दु’र्घटनामा परि ग’म्भिर घा’इते बालकलाई काठमाडौं ल्याइएको छ । बिहिवार विहान काठमाण्डौंवाट ओखलढुङ्गाको खिजीफलाटे तर्फ हिडेकोे प्रदेश ३-०१-०२३ च ३५१३ नम्बरको बोलेरो रामेछापको मन्थलीस्थित् बोक्सेको भिरबाट खसेको थियो ।

जिप सडकवाट करिव ५ सय मिटर तल भिरमा ख’सेर क्ष’तविक्ष’त अवस्थामा रहेको छ । उक्त दु’र्घटनामा परि एक महिला सहित तीन जनाको मृत्यु भएको छ ।

जिप दुर्घटनामा परि ओलखढुङ्गा जिल्ला खिजीफलाटे गाउँपालिका वडा नं–१ का एकै घर परिवारका चालक लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको घटनास्थलमा नै ज्यान गएको छ ।

दुर्घटनामा गम्भिर घाइते १२ वर्षीय बालक दावा शेर्पालाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं लागिएको घ’टना स्थालबाट रामेछाप सहयोगी मन (रासम) का सदस्य बिपिन भट्टराईले जानकारी दिए ।उनका अनुसार दुर्घटनामा परि ग’म्भिर घाइते भएका

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका घर भएका पेम्बा शेर्पाको टाउकोमा ठाउँ-ठाउँमा गम्भिर चोट लागेका कारण उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *