दैलेखका शिक्षकको हत्या गर्ने एक महिला पक्राउ

 दैलेख: दैलेखको मालिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्रकुमार बिसीको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन्।हत्या अभियोगमा विद्यालय नजिकैकी २५ वर्षीया मुना रानालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

मंगलबार बिहान ७ बजेतिर उक्त विद्यालयको विज्ञान प्रयोगशाला अगाडिको बरण्डामा शिक्षक बि’सी’को शव फेला परेको थियो। गुराँस गाउँपालिका–८ छोटेपोखराका बिसी’को संकास्पद अवस्थामा शव भटिएपछि प्रहरी निरीक्षक इन्द्रजित सुनारको कमाण्डमा सोको अफिसरसहित प्रहरी टोली घटनास्थल पुगेको थियो।

पछि प्रहरी चौकी लामीडाँडाबाट समेत प्रहरी टोली खटिएर अनुसन्धान सुरु गरिएको थियो। सो क्रममा शिक्षक बि’सी’को धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुसन्धान’बाट खुलेको थि’यो।

विभिन्न प्राविधिक र भौतिक प्रमाणको आधारमा शिक्षक बिसीको हत्यामा सोही विद्यालयबाट ३० मिटर पश्चिमतिर बस्ने डम्मर खड्काकी श्रीमती २५ वर्षीया राना’को संलग्नता रहेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *