लक्ष्मी मा.वि.मा माथिबाट पहिरो बग्न थालेपछी , विद्यार्थी खुला चौरमा

कमल कुमाल :बाजुराको बडिमालिका नगरपालिका वडा नम्मर ७ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा स्कुल माथिबाट पहिरो बग्न थालेपछी पठनपाठन अवरोध भएको छ । लक्ष्मी माध्यामिक विद्यालयको माथी भालृुगैरा र खुट्के खोलाबाट पहिरो बग्न थालेपछी पठनपाठनमा समस्या भएको प्रधानाध्यापक लालचन्द्र जैशीले बताए । विद्यार्थीहरु अहिले खुला चौरको आकाश मुनी बसालेर पठनपाठन गरिरहेका छौ उनले बताएका छन् । अहिले नत चौरमा पढाउने अवस्था छ नत कक्षाकोठामा निकै चुनौती पुर्ण अवस्था आएको प्रअ जैशीको भनाईं छ ।

अविरल बर्षातका कारण विद्यालयको माथिबाट पहिरो आउन थालेपछी विद्यार्थीहरुलाई कक्षाकोठा भित्र पढाउन थप समस्या भएको प्रधानाध्यापक जैशीले जानकारी दिएका छन् । विद्यालय भन्दा माथि रहेको भालुगैरामा पुरै जमिन भासिएको. छ । पहिरो अहिले पनी बगिरहेकाले विद्यालयमा पठनपाठन गर्न निकै समस्या भएको लक्ष्मी माध्यामिक विद्यालयले जनाएको छ । स्कुल माथीबाट पहिरो बग्न थालेपछी करिव तिन सय भन्दा बढि विद्यार्थीहरुको पढाई प्रभावित बनेको छ । लक्ष्मी माध्यामिक विद्यालय नजिकैमा रहेको खुट्के खोलामा विगत देखी पहिरो आउने र विद्यार्थी लगाएत त्यहाँका स्थानिय तथा पुर्वि उत्तरी क्षेत्रका नागरिकहरुलाई आवतजावत गर्ने समस्या जिउको तिउ रहेको थियो । त्यसैमाथि खुट्के खोलाको प्रभावले माथिबाट पहिरो बग्न वा फुट्न थाले पछी विद्यार्थीहरुको पढाईमा अवरोध तथा विद्यालय आउन र जान निकै चुनौती पुर्ण अवस्था रहेको छ प्रअ लालचन्द्र जैशी बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *