रेडियो नेपाल चौकमा फोर्स गाडी दुर्घटना

सुर्खेत । वीरेन्द्रनगरको रेडियो नेपाल चौकमा सवारी दुर्घटनामा सात जना बढी घाइते भएका छन् । सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको अहिले प्रहरी र स्थानीयबासीले उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिएका छन ।

उनकाअनुसार गाडीमा २१ जना यात्रु सवार थिए । यीमध्य अधिकाँश सामान्य घाइते रहेको र चार जनाको गम्भीर रहेपनि पहिचान खुलेको छैन् । घाइतेहरूको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *