मुर्ख्यमन्त्री शाहिद्वारा गाउपालिका भवनको शिलान्यास

कर्णाली प्रदेशमा मुर्ख्यमन्त्री महेन्द्र बहादुर शाहिले गाउपालिकाकाे भवनको शिलान्यास गर्नुभएको छ । माओवादीबाट निर्वाचित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो गृह गाउपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्नु भएको हो । पचालझरना गाउपालिका पणेक्षामा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको धामीद्वारा पुजा गराएर शिलान्यास गर्नु भएको हो । संघीय सरकारको ६० प्रतिशत अनुदान र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको उक्त भवन निर्माणका लागि पाँच करोड ५९ लाखमा निर्माण गर्ने भनेर ठेक्का आव्हान भएको थियो । ठेक्का आव्हान भएपछि तीन करोड ८५ लाखमा पुष्पाञ्जली पीएस जेभी प्रालिले भवन निर्माणका लागि सम्झौता गरिसकेको छ । मुख्यमन्त्रीले ‘पचालो’ देवताका मूल धामी धनसिंह ऐडीको हातबाट चामल लिएर भवन शिलान्यास गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *