गाउँपालिकामा देउडा महत्सव सुरू हुने

कमल कुमाल कालिकोटको जिल्लाकाे  पचालझरना गाउपालिकामा देउडा महत्सव सुरूहुने भएको छ । कणलली प्रदेश कला साहित्य प्रतिष्ठानको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा पचालझरना गाउँपालिकाको केन्द्र पडेक्षा चाैडिमा असोज १५ देखि १८ गतेसम्मा देउडा महत्सव हुने प्रतिष्ठानका अध्यक्ष कटक बमले जानकारी दिएका छन ।अध्यक्ष बमले कर्णालीको परिचयका रुपमा रहेको देउडालाई देश बिदेशमा चिनाउन समेत यो महत्सवले उल्लेख्य भुमिका खेल्ने दाबी गरेका छन । महोत्सवमा बरिष्ठ देउडा गायकहरुको समेत उपस्थीति रहने बताइएको छ । देउडा महत्सवका लागि गाउँपालिकाले १५ लाख बजेटको ब्यवस्था गरेको जनाइएको छ । साथै महत्सवमा कलाकारहरुलाई उचित पुरुस्कार र सम्मानको समेत ब्यवस्था गरेको अध्यक्ष बमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *