वडा नंं,७ मा रहेको रुपादेवि आधारभूत विद्यालयमा उद्घाटन गर्दै अध्यक्ष विष्ट

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नंं,७ मा रहेको रुपादेवि आधारभूत उच्छब लाई कक्षा-९ सम्म संचालन गर्ने निर्णय सहित आज एक कार्यक्रमका विच उद्घाटन गरेका छन् ।विद्यालय व्यावस्थापन समितिका अध्यक्ष पहल बहादुर बटालाको सभाअध्यक्षता र नरहरिनाथ गाउँपालिका अध्यक्ष धिर बहादुर विष्टको प्रमुख आतिथ्यता,गाउँपालिका उपाध्यक्ष मनशोभा बुढा,प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेको विशेष आतिथ्यतामा माध्यमिक कक्षा संचालनको उद्घाटन भएको हो ।माध्यमिक विद्यालय उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले गुणस्तरीय शिक्षा लागू गर्ने र एक वडा एक माध्यमिक विद्यालय संचालनमा ल्याउने उध्येसेका साथ बिधालयको उद्घाटन गरिएको बताउदै आफुले पढाइ गर्न बाहिर बाहिर जानू परेको बेथा प्रष्ट पार्दै नरहरिनाथ बासी कलिला युवाहरू एक वडा बाट अर्को वडामा माध्यमिक विद्यालय स्तरीय पढाइका लागि धाउनुपर्ने बाध्यता नहोस् भनेर कक्षा-९ सम्म संचालन गरेको प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *