नेपाल कम्यूनिष्ट पाटी एकिकृत समाजवादीको कालीकोटमा पाटी कार्यालय उद्घघाटन

कालिकोट माधव कुमार नेपालले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पाटी एकिकृत समाजवादीले कालीकोटमा आफ्नो पाटी कार्यालयको उद्घाटन गरेको छ । निर्वाचन आयोगमा दर्ता भएपछि केन्द्र पाटीको निर्देशन अनुसार एकिकृति समाजवादीले कालीकोट जिल्लामा पाटी कार्यालय स्थापना गरेको छ । नेकपा एमालेबाट विभाजित भएर बाहिर रहेको पाटी केही समय अगाडिमात्र निर्वाचन आयोगमा दर्ता भएको थियो । दर्ता भएसंगै जिल्लामा पाटी कार्यालयको पनि उद्घाटन गरेको छ ।

संविधान सभा सदस्य एवम् समाजवादीका नेता तुलाराज विष्ट, एकिकृत समाजवादीका नेता एवम् कणरली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कार्यालयको उद्घाटन गर्नुभएको हो । एकिकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष विश्वराज बमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तुलाराज विष्टले कालीकोटमा एमाले नरहेको बताउनुभयो ।

उहाँले अहिले नागरिक देखि जनप्रतिनिधिहरुपनि समाजवादीमा आएको जानकारी दिनुभयो । कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले केपी शर्मा वलीको अहमता घमण्डले पाटी अलग भएको बताउनुभयो । कार्यक्रममा नेता चित्र सिंह गाउँले, कमलबहादुर शाही लगायतका नेता तथा कार्यकताको उपस्थिति रहेको कार्यालयका सचिब भुपेन्दू बमले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *