बाल बिवाह न्यूनिकरणका लागि १ दिने अभिमुखिकरण कार्यक्रम मान्ममा सम्पन्न  

मान बहादुर बिश्वकर्मा

२३ साउन, कालिकोट । सामाजिक मूल्य मान्यता परम्परागत हानिकारक अभ्यास र बाल बिवाह न्यूनिकरणका लागी संञ्चार कर्मीको भूमिकाको बिषयमा १ दिने अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

प्लान इन्टरनेश्नल नेपाल कालिकोटको सहयोग तथा सामाजिक जागरण तथा महिला बिकाश प्रतिष्ठान सादा नेपाल कालिकोटले आयोजना गरेको कार्यक्रममा किशोरिहरु माथि हुने हिंसा, दुव्र्यवहार, तथा किशोरिहरु माथि आइपर्ने समस्यालाई मध्यनजर गर्दै १ दिने संञ्चार कर्मीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

एक दिने अन्तक्रिया कार्यक्रममा जिल्लाका क्रियाशिल महिला पत्रकार र पुरुष पत्रकारहरुको सहभागितामा १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमको बारेमा बिस्तृत रुपमा जानकारी दिदै
प्लान इन्टरनेश्नल नेपालका कार्यक्रम संयोजक दलसिंह कुमालले कालिकोटका ३ वटा स्थानीय तह रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाका २७ वटा वडाहरुमा यो कार्यक्रम लागू भएको बताउनुभयो।

कार्यक्रम लागु भएदेखी प्लान नेपालले बाल विवाह न्युनिकरणकालागी ३ वर्षिय कार्ययोजना तयार पारि आपतकालिन बाल उद्धार स्थापना लगायतका कामकाज हरु गरेको स्पष्ट पार्नु भयो।

कार्यक्रमका प्रशिक्षक तथा पत्रकार यादब भुषालले लकडाउनको समयमा बाल बिवाहका घटनाहरु धेरै बढेको बताउनुभयो। उमेर नपुगी बिवाह भएको र जबर्जस्ती रुपमा पनि बाल बिवाहका घटनाहरु धेरै भएको बताउदै अब यस्लाई न्यूनिकरण गर्न आमा नागरकि पत्रकार सरोकारवाला सम्पूर्ण निकायहरुले बिशेष जोड दिनुपर्ने भताउनु भएको छ।

यस्तै एक दिने संञ्चार कर्मीसँगको अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै सामाजिक जागरण तथा महिला बिकाश प्रतिष्ठान सादा नेपाल कालिकोटका कार्यकारी निर्देशक तथा कार्यक्रमका सभाध्यक्ष अशोकनाथ योगीले अबको पत्रकारतिा साक्षतकार गर्ने र मिसन पत्रकारीताको सुरुवात गर्दै लैजानु पर्नेमा जोड दिनुपर्ने बताउनुभयो।

अबको पत्रकारीता सहकार्य साक्षतकार र मिसन पत्रकारीताको सुरुवात गर्दै अगाढी बढ्न सके मात्र नमुनाको रुपमा पत्रकारीता गर्न सकिने बताउनुभयो। विभिन्न रेडियो अनलाइन, छापा पत्रकार र पत्रिकाहरुलाई लोक कल्याणकारी बिज्ञापनमा एकरुपता ल्याउनमा पत्रकारहरुले स्थानितह लगायत अन्य संघसंस्था हरुसंग पहल गर्न जरुरि रहेको कार्यकारी निर्देशक योगीले बताउनुभयो।

उक्त एक दिने अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी, राजधानि दैनिकका जिल्ला संवाददाता तथा अनलाईन न्यूज खबरका अध्यक्ष बिश्वनाथ सिम्खाडाले कार्यक्रमको बारेमा आफ्नो भनाई राखेका थिए।

कार्यक्रममा रेडियो नेपाली आवाजका स्टेशन म्यानेजर नमराज योगी, नेपाल पत्रकार महासंघका कालिकोटका कोषाध्यक्ष रमेश कुमार शोनी, महासंघका सदस्य तथा त्रिवेणी खबर डटकमका अध्यक्ष मानबहादुर बिश्वकर्मा, कालिकोटका विभिन्न रेडियो अनलाईन, पत्रपत्रिकामा काम गर्ने पत्रकारहरुको उपस्थित रहेको थियो। उक्त कार्यक्रमको संञ्चालक प्लान इन्टरनेश्नल नेपालका कार्यक्रम संयोजक दलसिंह कुमालले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *