दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता

 दार्चुलाः दार्चुलाको ब्यास गाउँपालिका२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् ।
शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
बिहान ५/६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेका  धामीले भने वरपार गर्ने क्रममा  लुइन बाट  खसेर महाकाली नदीमा बेपत्ता भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *