सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराकाेआग्रह 

कमल कमाल बाजुरा – जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा मनसुनजइन कारणले बाढी,पहिरो जाने गरेकाले नदीको आसपास र तटीय क्षेत्रमा नजान आग्रह गरेको छ ।
बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीद्धारा हस्ताक्षरित सार्वजनिक सुचनामा नदीको छेउछाउ र पहिरो गएको ठाउँबाट सुरक्षित ठाउँमा बसोबास गर्न जिल्लाका नागरिकलाई अपिल गरिएको छ ।
बाढी र पहिरो आएमा जिल्ला प्रहरी कार्यालय बाजुरा र प्रमुख जिल्ला अधिकारी लगायतका सम्बन्धित निकायमा खबर गर्न आग्रह गरिएको छ ।
अविरल वर्षाका कारण नदीहरुमा विशेष गरी बुढीगंगा नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदीको छेउछाउमा नजान र बालबालिका,अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई विशेष निगराख्न उल्लेख गरिएको छ ।
यस्तै सूचनामा पहिरोको जोखिममा रहेका घर भएका स्थानीयहरुले वर्षद भई पहिरोको त्रास हुनासाथ नगरपालिका वा गाउँपालिकाले तोकेको सुरक्षित ठाउँमा जान अपिल गरिएको छ ।
बाढी वा पहिरो लगायतका विपदका घटना हुनासाथ जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन ९८५८४९००५३ वा जिल्ला प्रशासन कार्यालय बाजुरामा रहेको नागरिकहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *