२० जना रक्तदाता हरुलाई सम्मान

कमल कुमाल बाजुराःनेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले रक्तसंचार सेवा स्थापना दिवसको अवसरमा २० जना रक्तदाताहरुलाई सम्मान गरेको छ । रेडक्रस बाजुराले बुढीगंगा मिडिया प्रा।लि।का प्रकाशक तथा सम्पादक एवं नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष र राष्ट्रिय समाचार समिति बाजुराका समाचारदाता प्रेमबहादुर रौले सहित २० जना रक्तदातालाई मंगलबार सम्मान गरेको हो । नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले मंगलबार आयोजना गरेको ५५ औं रक्तसञ्चार स्थापना दिवसमा १९ जना रक्तदातालाई सम्मान गरेको हो ।

जिल्ला अस्पताल बाजुरामा उपचारमा आएका बिरामीहरुलाई रगत अभाव भएर ज्यान जोखिममा रहेकाहरुलाई रक्तदान गरेर ज्यान जोगाउने उनीहरुलाई सम्मान गरेको नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाका मन्त्री मेखराज जैशीले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार सम्मानित हुनेमा नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष तथा मालिका टुडे अनलाइनका प्रकाशक÷सम्पादक एवं राष्ट्रिय समाचार समिति बाजुराका समाचारदाता प्रेमबहादुर रौले,शसस्त्र प्रहरी बल बाजुरामा कार्यरत नरबहादुर विष्टलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *