१६ लाख बराबरको स्वास्थ्य सामग्री वितरण

साउन १३ कालीकोट । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक नेपाल) कालिकोटद्वारा सञ्चालित भकारी परियोजनाले कालिकोटको कोभिड – १९ अस्पताल र जिल्ला अस्पताल कालिकोटलाई अक्सिजन सिलिन्डर वितरण गरेको छ ।

अक्सिजन सिलिन्डरसँगै अक्सिजन उत्पादन गर्ने मेसिन पनि जिल्ला अस्पताल कालिकोटलाई वितण रेक हस्तान्तरण   गरेकाे छ। बढ्दै गएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट अक्सिजनको अभावमा कसैको मुत्यु नहोस भन्ने उदेश्यले अक्सिजन सिलिन्डर वितरण गरेको हुरेन्डेकका अध्यक्ष जजराज शाहीले बताएका छन ।

जिल्ला अस्पताल कालिकोट र कोभिड – १९ विशेष अस्पताल कालिकोटमा २० पिस अक्सिजन सिलीन्डर वितरण गरेको छ ।भने ४ लाख ४० हजार बराबरको मूल्य पर्ने अक्सिजन सिलीन्डर सहित ११ लाख ५५ हजार बराबरको अक्सिजन उत्पादन गर्ने १० वटा मेसिन समेत हस्तान्त्रण गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका स्वास्थ्य व्यवस्थापक कटक बहादुर महतलाई सामान हस्तान्त्रण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *