ट्रक दुर्घटना हुदा २जनाकाे मृत्यु

कमल कुमाल : कर्णाली राजमार्ग को एस मोडमा मिनी ट्रक दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा बाजुराका ३२ बर्षिय रमेश शाहीको पहिचान खुलेको छ, भने अर्काे एक जनाको पहिचान खुल्न सकेको छैनन् । सुर्खेतदेखि जुम्ला आउँदै गरेको ना७ख ९५१६ नम्वरको मिनि ट्रक दुर्घटना हुँदा गाडीचालक र गाडीधनीको मृत्यु भएको छ ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका लागि अक्सिजन सिलिन्डर बोकेर आएको मिनि ट्रक कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा -१ मा पर्ने एस मोडमा गाडि दुर्घटना हुदा२ जनाको मृत्यु भएको प्रहरी निरीक्षक भुपेन्द्र शाहीले जानकारी दिए ।उद्धारका लागि घटनास्थलमा प्रहरी खटिरहेका छन्। थप विवरण आउन बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *