जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एकजना घाइते ।

मुगु – जिल्लाको छायाँनाथ रारा नगरपालिकाको बाम भन्ने ठाउँमा लु १ ज ४१०२ नम्बरको जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हिजो हुम्लाबाट मुगु जाँदै गरेको जिप दुर्घटना हुँदा सहचालक हर्क बहादुर ऐडीको मृत्यु भएको छ भने चालक दलबीर रोकाया गम्भीर घाईते भयका छन ।

मुगु जिल्लाको रुगाबाट हुम्ला जिल्लाको चंखेलीमा आउने क्रममा जिपको अगाडीकोे टायर खुस्किएर करणले जिप सडकैमै दुर्घटना भयकाे हाे ।
मृत्यु हुनेमा चंखेली घर भएका हर्क बहादुर ऐडीको जिल्ला अस्पताल मुगुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय मुगुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *