साढे ९४ करोडमा  बन्नेभयो नरहरिनाथ हुँदै सदरमुकाम जोड्ने केबुलकार 

११ श्रावण, कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकाको वडा नं। १ को कोडवाडा हुँदै  सदरमुकाम मान्म जोड्ने केवुलकार बन्ने भएको छ।सोमवार कालिकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा र कर्णाली प्रदेश सरकारको आयोजनामा नरहरिनाथ गाउँपालिकाको कोडवाडा हुँदै सदरमुकाम मान्म जोड्ने केवलकारको सम्भाब्यता अध्ययनको छलफल कार्यक्रम सम्पन्न भएको छ।

यस आयोजनाको जम्मा लागत ९४ करोड ४९ लाख ९ सय १५ रुपैया लाग्ने भएको छ। यसको लम्बाई २ हजार १ सय ३४ मिटर र उचाइ ८ सय २९ मिटर हुने छ। कार्यक्रममा माननीय मुख्यमन्त्री महेन्द्र वहादुर शाही,भौतिक मन्त्री अमर वहादुर थापा,प्रमुख सचिव गणेश पाण्डे,प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्पराज खड्का,सदस्य दिपेन्द्र रोकाय कालिकोटका ९ वटै स्थानीय तहका प्रमुखको उपस्थित थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *