शाहीले गरे उपचार गराइरहेका बिरामीलाई आर्थिक सहयोग

११ श्रावण, कालिकोट । अखिल क्रान्तिकारी कालिकोट जिल्लाका संयोजक मनसिंह शाहीले कालिकोट र हुम्लाका २ जना विरामीलाई आर्थिक सहयोग गरेका छन् ।

कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ६ निवासी रतन शाहीकी श्रीमती जयकौरा शाहीका लागि रू १० हजार र अखिल (क्रान्तिकारी) हुम्ला जिल्ला कमिटी सदस्य कुमार बुढाथोकीको उपचारको लागि रु ५ हजार आर्थिक सहयोग गरेका हुन्।

संयोजक शाहीको भने धेरै सहयोग गर्न नसकेपनि बिरामीकाे उपचार गर्न का लागी सहयोग गरेकाे बताउनु भयकाे छ । बिरामीका आफन्तले भने सानो सहयोग भएपनि बिरामीकाे उपचार गर्नकालागी आर्थिक सहयोग गर्दा राहात भएको बिरामीका आफन्तले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *