अध्यक्ष बम गरे नयाँ भवनकाे सिलान्यास

श्रावण ८ कमल कुमाल कालिकोट जिल्लाको पलाँता गाउपालिका स्थित पलाँता अस्पतालको  गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती काँन्छाले नयाँ भवनको  शिलान्यास गर्नुभएकाे छ।पलाँता गाउँपालिकाको  ३५ लाख आर्थिक सहयोगमा  निर्माण गरिने पलाँता अस्पतालको नयाँ भवन अध्यक्ष बमद्वारा शिलान्यास गरिएकाे हाे ।

पलाँता अस्पतालको नयाँ भवन शिलान्यास निर्माणकार्य आजैदेखि सुचारू  भयको बताईएकाे छ । भवन निर्माण कार्य छिटो र गुणस्तरीय बनाउनका लागि अध्यक्ष  बमले बिकास निर्माण सेवालाई जानकारी दिनुभयको छ । यो भवन निर्माण पछि डेलिभरि, एक्सरे र ल्यापको लागि गुणस्तरीय सेवामा टेवा पुग्ने अध्यक्ष बमको भनाई छ ।

कोरोना कहरले ठप्प भएको विकास निर्माणको काम जस्तो सुकै परिस्थिति अाएपनि अाफ्नाे काम निरन्तरता अगाडि बढिरहने बिकास निर्माण दलका संयोजक कल बहादुर बमले जानकारी दिनुभएकाे छ ।उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम ,वडा अध्यक्ष टक्क बहादुर बम, बिकास निर्माण दल संयोजक कल बहादुर बम उमेश, प्राबिधिक काली बहादुर बम, खगेन्द्र मल्ल, बिनोद कुमार बम, हिक्मत प्याकुरेल, सुरेश प्याकुरेल, पत्रकार लगाएत स्थानीय बासिन्दाको उपस्तिथिमा रहेकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *