स्वास्थ्य सेवा कार्यालय कालिकोटमा अक्सिजन प्लान्ट जडान ।

७ श्रावण, कालिकोट । स्वास्थ्य सेवा कार्यालय कालिकोटमा दैनिक ४० लिटरको ४०–५० वटा सिलिन्डर अक्सिजन ग्यास भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरीएको जिल्ला स्वास्थ कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक कटक महतले बताउनुभयो। कालिकोट जिल्लामा अक्सिजनको अभाबमा कोहि कसैले पनि ज्यान गुमाउनु नपर्ने भन्दै अक्सिजन प्लान्ट जडान गरिएको स्वास्थ्य ब्यबस्थापक महतले बताउनुभयो।

कोभिड विशेष अस्पताल मान्ममा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रबिधिका लागि Gene X–Pert मेसिन समेत जडान गरिएको छ। स्वास्थ्य सेवाको क्षेत्रमा निकै ठुलो उपलब्धि भएको महतले बताउनु भउको हो। निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक महतले यसको लागि मुख्यमन्त्री महेन्द्र बहादुर शाही, मन्त्रालयका सचीव ,सामाजिक बिकास मन्त्रालय, निर्देशक, स्वास्थ्य सेवा निर्देशनालय, राष्ट्रिय क्षयरोग केन्द्र लगायत सहयोग गर्ने सबै ब्यक्ति तथा संस्था प्रति हार्दिक आभार सहित धन्यवाद दिनुभएको छ।

अब प्लान्ट र मेसिन संञ्चालनका लागि पर्याप्त बिधुत्त आपूर्तिको आवश्यक भएकोले सो को ब्यबस्थापनका लागि नियमित बिधुत्त आपूर्तिमा ध्यान दिन सम्बन्धित सबैमा अनुरोध समेत गर्नु भएको छ। लकडाउनको बेला जिल्लामा अक्सिजनको अभाव हुँदा कोभिडका बिरामी लाई रिफर समेत गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका स्वास्थ्य ब्यबस्थापक कटक बहादुर महतले जानकारि दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *