किर्डाक नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

 किर्डाक नेपालले आज पलाँता गाउँपालिकाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । Bmz जर्मनीको  आर्थिक सहयोग, मिसन ईस्टको प्राविधिक सहयोग र पलाँता गाउँपालिकाको समन्वयमा किर्डाक नेपालद्धारा संचालित Bmz ००२ परियोजनाको covid19-phase११ (अन्तरगत स्वास्थ्य सामाग्री वितरण गरिएको हो । पलाँता गाउँपालिका स्वास्थ्य संस्था मार्फत पलाँता गाउँपालिका वडा न.१ को पुलाहाँ आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा न.२ को स्वास्थ्य चौकी धौलागोह, वडा न. ३ को धौलागोह आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा न. ७ दैनिक आधारभुत स्वास्थ्य सेवा केन्द, वडा न. ८ को खिर्पी स्वास्थ्य चौकी (सरुवा रोग शाखा) र वडा न. ९ मा रहेको पलाँता अस्पताललाई सामाग्री वितरण गरिएको हो ।
विश्वभरी महामरीको रुपमा बढीरहेको कोरोना भाईरस कोभिड १९ को कारणले मानव समुदायमा पार्न सक्ने सम्भावित प्रभाव र खास गरी यसले पलाँता गाउँपालिकामा ल्याउन सक्ने जोखिम कम गर्नका लागीउक्त सामाग्री वितरण गरिएको हो । रु. ९८११९० बरावरको वितरित सामाग्रीमाअक्सिजनकन्सेन्ट्रेटर ५ वटा, अक्सिजन सिलिण्डर४ वटा ,अक्सिजन रेगुलेटर ४ वटा,क्लोरिन र स्पे्र ट्यांक ४ सेट,पीपीई सेट १८,एन्टिजेन किट १००पीस, गगल ५४ वटा, फेस सिल्ड ११० वटा, अक्सिमिटर १६ वटा, थिकग्लोव १२० जटा , सर्जिकलमास्क १५०प्याकेट ,ल् ढछमास्क ९० वटा, सय मिलिलिटरको स्यानीटाइजर १००बोतल,पाँच सय मिलिलिटरको स्यानीटाइजर ४०बोतल, ह्याण्ड वास लिक्वीड ४८ बोतलर थर्मल गन १२ सेट रहेका छन् ।

गाउँपालिकाअध्यक्ष लक्ष्मण बहादुर बमले किर्डाक नेपालबाट प्राप्तभएको सामाग्रीहरुले पलाँतागाउँपालिकामा कोभिड १९ को प्रतिकार्यका लागी महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् । त्यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीयअधिकृत राजबहादुर बमले किर्डाक नेपालले विगतलामो देखी पलाँता गाउँपालिकाको विकासकालागी महत्वपुर्ण भुमिका खेल्दै आएको हरेक प्रकारको समस्यामा सहकार्य गर्दै आएको भन्दै धन्यवाद ज्ञापनदिए । पलाँता अस्पतालका मेडिकल अधिकृत डा. विजयकुमार महतोले अस्पाताललाई आवश्यक पर्ने अतिआवश्यक सामाग्रीप्राप्त भएकोले विरामीहरुको उपचारमा सहजहुने विश्वास गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *