अध्यक्ष बमद्धारा भिडियो एक्सरे मेसिन हस्तान्तरण

२०७८ श्रावण ६, बुधबार ,कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले पलाँता गाउँपालिका स्थित सरुवा रोग शाखा खिर्पीलाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गर्नुभएको छ । आफ्नो जन्मदिन परेको हुनाले जन्मदिनको अवसरमा प्रत्येक वर्ष आफ्नो जन्मदिनमा सामाजिक काममा लागीपरेका बमले फजुल खर्चलाई कटौती गरि सामाजिक सेवामा खर्च गर्ने गाउपालिका अध्यक्ष बमले बताएका छन् ।

अध्यक्ष बमले आफ्नो जन्मदिनको अवसरमा समाजमा केहिन केहि सहयोग गरिरहेको छु ।भविआउने दिनहरूमा पनि अझै पनि गर्ने अध्यक्ष बमले प्रतिवद्धता समेत व्यक्त गरेका छन । उक्त मेसिन सरुवा रोग शाखा खिर्पिका निमित्त प्रमुख बिमल बिश्वकर्मा लाई हस्तान्तरण गर्दै बमले उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयको छ ।

बिश्वकर्माले बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने  बताएका छन। सरुवा रोग शाखा खिर्पिले ओपिडी, डेलिभरी इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, अतिरिक्त सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *