नगर प्रमुख बराल द्धारा नवनिर्मित जनजागृति मा.वि.को भवन विद्यालयलाई हस्तान्तरण ।

कमल कुमाल कालिकोट= जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ८ स्थिति जनजागृती माध्यामिक विद्यालय, डुँग्रीडाँडाको नव निर्मित भवन विद्यालयलाई नगरपालिका प्रमुख बरालले हस्तान्तरण गर्नुभएको छ । संघिय सरकारको शिक्षा मन्त्रालय र रास्कोट नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको भवन शुक्रबार एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको बताइएकोे छ ।

२०७७ साल साउनमा निर्माणको जिम्मा लिएको निर्माण सेवा कम्पनीले समयमै निर्माण सम्पन्न गरेर नगरपालिकालाई भवन हस्तान्तरण गरेको हो । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा लगाइएको निषेधाज्ञा, र मौसम प्रतिकुलतका बावजुद समयमै निर्माण सम्पन्न गरेकोमा कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख बरालले निर्माण कम्पनीलाई धन्यवाद दिएका छन ।

कम्पनीका संचालक हिम्मत बहादुर बमले नगरपालिकाका प्रमुख काँशिचन्द्र बराललाई भवन साँचो दिएर भवन हस्तान्तरण गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *