भिडियो एक्सरे सहित ल्याव सेवा संचालन गर्ने ।

कमल कुमाल
३ श्रावण,कालिकोट= जिल्लाको पलाँता गाउँपालिकाले सरुवा रोग शाखा खिर्पीमा भिडियो एक्सरे सहितको ल्याव लेवा संचालनमा ल्याउने भएको छ । पलाँता अस्पताल अन्तर्गत रहेको सरुवा रोग शाखा खिर्पीमा अस्पतालको विकास र स्वास्थ्य सेवा सुधार सम्वन्धि वसेको बैठकअनुसार भिडियो एक्सरे सहितको ल्याब सेवा संचालनमा ल्याउने निर्णय गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले पलाँती कान्छाँले बताए ।
गाउँपालिका अध्यक्षले भन्नुभयो भिडियो एक्सरे गर्नका लागि जिल्ला सदरमुकाम मान्म सम्म धाउनु पर्ने थियो भनेअहिले आफ्नो गाउँपालिकामा विगतलाई सम्झिदै अव स्थानिय सरकारले नागरिकहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै गाउँपालिकाकै खिर्पीमा भिडियो एक्सरे सहितको ल्याव सेवा संचालनमा ल्याएर स्वास्थ्य सेवा प्रवाश गर्ने अधयक्ष बमले जानकारी दिनुभएको छ ।

पलाँताका नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पुगाउनका लागि शाखा खिर्पीमा भिडियो एक्सरे सहितको ल्याव सेवा संचालनमा ल्याउने बताएका छन ।अव स्वास्थ्य सेवाका लागि विगतको जस्तो दुःख कस्ट खेप्नु पर्ने नपर्ने रोगको परिक्षण नभएरै अकालमै मर्नु पर्ने अवस्था पनि अन्त्य हुने अध्यक्ष बमको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *