आ.व. २०७७र०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।।

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको आर्थिक वर्ष २०७७ , ०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७, ०७८ मा सम्पन्न गरेका कार्यक्रम तथा वजेट खर्च सार्वजनिक गरिएको छ । बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०७७, ०७८ मा ४० करोड ३० लाख ५२ हजार १ सय ६ रुपैँया अर्थात कुल वजेटको ७९ प्रतिशत वजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले प्रतिवेदन प्रश्तुत गरेका छन । चालु खर्च २३ करोड ९१ लख ५८ हजार ९ सय ८१ रुपैँया २७ पैशा अर्थात ८४।९२ प्रतिशत र पुँजिगत खर्च १६ करोड ३८ लाख ९३ हजार १ सय २५ रुपैँया अर्थात ७९।१२ प्रतिशत खर्च भएको बुढाले प्रश्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७, ०७८ मा बुढीनन्दा नगरपालिकाको कुल आम्दानि ४४ करोड ३७ लाख ४३ हजार ८ सय १८ रहेको थियो । ४ करोड ६ लाख ९१ हजार ७ सय १२ रुपैँया खर्च हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत बुढाले जनाकारी दिएका छन ।

खर्च भएको रकम मध्य सामाजिक विकास क्षेत्रतर्फ २२ करोड ८ लाख ४५ हजार ८ सय ७७ रुपैँया आर्थिक विकास क्षेत्रमा ३ करोड ९० लाख १५ हजार ४ सय ६४ रुपैँया, भौतिक पुर्वाधार क्षेत्रतर्फ ४ करोड ९३ लाख ८७ हजार ४ सय ८४ रुपैँया, सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा १ करोड ४३ लाख १६ हजार ५ सय ४१, कार्यालय संचालन तथा प्रशासनिक तर्फ ७ करोड ९४ लाख ८६ हजार ७ सय ३८ रुपैँया खर्च भएको हो ।

यस्तै नगरपालिकाले यस आर्थिक बर्षमा वडा स्तरका योजना १ सय ३९ वटा निर्माण सम्पन्न गरेको भने नगरपालिका स्तरीय योजना ५१ वटा, उपभोक्तामार्फत संचालन भएका योजना १ सय ९० वटा, दरभाव पत्र वोलपत्रवाट ७ वटा, प्रधानमन्त्री रोजगार कार्यक्रमवाट २४ वटा, रास्टपति शैक्षिक सुधार कार्यक्रमका १८ वटा, आधारभुत स्वास्थ्य इकाइ भवन ८ वटा, शिक्षावाट संचालन योजना ३ वटा कर्कटपाता छाना निर्माण पहिलो किस्तामा १ सय २४ घर, बहुक्षेत्रिय पोषण कार्यक्रम १८ वटा, सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरु ४ हजार ५ सय ४८ जना, घटना दर्ता भएका जम्मा १ हजार ९८ रहेका हो।

सार्वजनिक सुनुवाई कार्यक्रममा राजनिति दलका प्रमुख तथा प्रतिनिधिहरुले साल अगाडी बाच्छो पछाडी जस्तै उखान लागु भएको बताएका छन । नगरपालिकाले पहिले सार्वजनिक सुनुवाई गरेर वजेट ल्याउनु पर्ने बताउदै असारको अन्तिम दिन सार्वजनिक सुनुवाई गरेको बताएका छन । पीसविन वाजुराको सहयोग र बुढीनन्दा नगरपालिकाको आयोजनामा संचालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमममा नगरपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुखहरु कर्मचारी, राजनितिक दलका प्रमुख तथा प्रतिनिध, सुरक्षाकर्मी, संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।न्यूज संचारबाट सभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *