अौला खोला बिद्युत निर्माण गर्ने क्रममा ज्यान गुमाएका शाहीको परिवारलाई पलाँता सरकारको ५ लाख सहयोग

२७ असार, कालिकोट । कालिकोटको पलाँता गाउँपालिकाले २०७४ सालमा औंला खोला जलबिद्युत आयोजना निर्माण गर्दा क्रममा ज्यान गुमाएका हिक्मत शाहीका परिवारलाई गाउँपालिकाले ५ लाखको चेक हस्तान्तरण गरेको छ।


२०७४ सालमा भुचिखोला जलबिद्युत आयोजनाको बिद्धुत लाइन जोड्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएका हिमा गाउँपलिका बड्कि निवासी हिक्मत शाहीका बुबा पंख शाहीलाई आईतबार गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले ५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

 मिति २०७४ सालमा भुचिखोला जलबिद्युत आयोजनाको बिद्धुत लाइन जोड्ने क्रममा करेन्ट लागेर मुत्यु भएको थियो।
गाउँपालिका अध्यक्ष लक्ष्मण बमका अनुसार धेरै सहयोग गर्न नसके पनि ज्यान गुमाएका शाहीको परीवारलाई घाउमा मलम लगाउन भएपनि सानो सहयोग गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *