विकासीय कामकालागी आशा नेपाल नागरिकको साथमा

२७ असार,कालीकोट — पहाडी साना किसानहरुका लागी अनुकुलन आयोजना ९आसा० परियोजनाले आर्थिक वर्ष २०७७ ÷७८ मा संचालित आयोजनाहरुको जिल्ला स्थरिय अनुगमन गरेको छ । आशा नेपाल परियोजनाले कालीकोट जिल्लामा चालु आर्थिक वर्षमा बिभिन्न बिकासे काममा दश करोड खर्च गरेको छ । गत आर्थिक वर्षमा स्थानिय साझेदार सस्थासंगको बिवादले काम गर्न नपाएको आशा परियोजनाले यस वर्ष भने चुनौतीका बिचमा १० करोडको हाराहारीमा वजेट खर्च गरेको वताएको छ ।

आयोजनाका अनुगमन तथा मुल्यांक अधिकृत उदय केसिले सात वटा पलास्टीक पोखरी, पाँच वटा सुधारिएका घट्ट समेत निमार्ण गरेको जानकारी दिए । ब्यवसायीक वार्खा पालनका लागि एक परिवार १४ हजारका दरले सुधारिएका खोर निमार्णका लागि पनि वजेट दिएको छ । कृषि तथा पशुपालन क्षेत्रमा लगानी गरेका आशाका यि कार्यक्रमवाट १ हजार ६ सय २१ घरधुरीका नागरिकले सेवा पाउने भएका छन ।

शनिवार आशा परियोजनाले गरेका कामको जानकारी दिन आयोजित पत्रकारसंगको छलफलमा जानकारी गराएका थिए ।
उहाँले भन्नुभयो कोरोना लगाएतका बिबिध कारणले जानकारी हुन नसक्दा आयोजनाको प्रभावकारी कार्यन्वयनमा कसैलाई संका लाग्ने हुदा आगामी दिनमा कुन क्षेत्रमा कुन आयोजना सञ्चालनमा छ भन्ने कुराको पुर्व जानकारी हुने दिए ।

आशा परियोजनाले गत आर्थिक वर्षमा काम भन्दा पनि दाम वढी असुल गरेको, कार्यक्रमवाट गत आर्थिक वर्षमा पुर्व कार्यालय प्रमुखको नाममा मात्र दश लाख, अन्य कर्मचारिको नामा वेरुजु गरी जम्मा कार्यालयमो चार करोड वेरुजु देखिएका कुरा सन्चार माध्यममा आएपछि शाखा परियोजनाले यो वर्ष परियोजना स्थलमा लिएर सरोकारवालालाई अनुगमन गराएको हो ।
जिल्लाका कुनैपनी विकासी कार्यालयहरुले अहिले सम्म योजनाको सार्वजनिक सुनुवाई देखी योजनाहरुको अनुगमन विनै भक्त्तानी दिने गरेका छन ।

आशा परियोजना कालीकोटको रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका, शुभकालिका गाउँपालिका, पचालझरना गाउँपालिका, नरहरीनाथ गाउँपालिका भित्रका ३५ वडामा सञ्चालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *