३८५ जना कामदारले पाए रोजगारी

कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा प्रधानमन्त्रि रोजगार कार्यक्रमबाट ३८५ जना कामदारले रोजगार पाएका छन । गाउँपालिका भरिमा जम्मा १६३८ जना बेरोजगारको लिस्टमा सुचिकृत भएका मध्य बिपन्न बर्गको प्राथमिक्ता क्रममा परेका ३८५ जनाले रोजगार पाएका हुन । रोजगार सेवाकेन्द्रले ३८५ जनालाई बर्षमा ५१७ रुपैया प्रतिदिन प्रतिव्यक्तिका दरले जम्मा १ सय दिनको रोजगार दिदै आएको छ ।

बर्षमा २ करोड,९९ लाख,५ हजार कामदारहरुका लागि मात्र सतप्रतिसत ज्याला भुक्तानि हुनेगरि रकम आएको सान्नी त्रिवेणी रोजगार संयोजक मोहन सुवेदिले जानकारि दिनु भयो । प्रधानमन्त्रि रोजगार सेवाकेन्द्र अन्तरगत हाल सान्नी त्रिवेणी गाउँपालिकामा कुल १७ वटा आयोजनाहरु संचालन भइरहेको संयोजक सुवेदिले बताउनु भएको छ । ७ वटा आयोजनाहरु सडक स्तरउन्नतीका लागि,७ वटा आयोजनाहरु बिभिन्न बिद्यालय,खेलमैदान,र स्वास्थ्य फिल्डनिमार्ण एउटा सिचाइ र दुईओटा आयोजनाहरु खानेपानी तर्फ संचालीत रहेको उहाले बताउनु भयो ।

गाउँपालिकाका सम्पुर्ण गरिब बिपन्न नागरिकहरुले आफ्नै गाउँठाउँमा रोजगार पाउदा खुसि व्यक्त गरेका छन । । साँझ बिहान घरको काम गरेर गाउँघरमै रोजगार पाएपछि धरै युवाहरु बिदेशतिर भन्दा प्रधानमन्त्रि रोजगार कार्यक्रमतर्फ आकर्षित भएका छन । रोजगारको माग गर्दै निवेदन दिएकाहरुबाट छनौट भएका जनशक्तिले वडातह बाटै सिफारिस तथा प्रस्ताव गरिएका योजनामा श्रम गरेबापत दैनिक ५ सय १७ रुपैयाँको दरले १ सय दिनको आफ्नै ठाँउमा रोजगारीको अवसर प्राप्त गरेका छन । दैनिक पारिश्रमिक केही कम भएपनि घरकै खाना खाएर, घरेलु औजार प्रयोग गर्दै आफ्नै ठाँउको विकास निर्माणको लागी प्रधानमन्त्री रोजगार कार्यक्रममा उच्च सहभागिता देखिएको र सम्पुर्ण कामहरु प्रभावकारी देखिएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर शाहिले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *