सिर्जनाका फुलहरु फुलाउन पाईएन म दुखि छु।अध्यक्ष बम

एक ऐतिहासिक माहान यात्रा बाट सिर्जित संघिय गणतन्त्र नेपाल त्यस्लाई संचालन गर्न माहान सहिदहरुको रगतले लेखिएको संविधान यसै भित्र थारा उपधारामा उल्लेख समाबेसि , समानुपातिक , धर्मनिरपेच्छेता , संघियता लगाएतका बिषयको ब्याख्या गर्दै समान पहुजमा जनशक्ति परिचालन र ब्यबस्थापन प्राध्यसिक र स्थानिय नयाँ सम्रचनाको निर्माण र संचालन गरेर मुलुक अघि बढेको छ ।

आज यसैमा सबै ढुक्क छन समाज रुपान्तरण मा उल्लेखनीय परिवर्तन ल्याउन सकिन्छ भनेर परिणाममा पनि देखा परेकै छ हिजो को भन्दा गुणात्मक फट्को मारेकै छ माटो पल्टाउने काम होस या मानसपटल पल्टाउने काम होस् । हिजो को सरकारि सम्रचनाले गर्ने काम र अहिले गर्ने काममा आकाश पातलको फरक छ । सदियौ बर्ष देखि सम्भब नभएका काम आज एक सरकार परिबर्तन नहुदै सम्भब भएका छन भलै अहिले प्रबिधिको प्रयोग बढि भयो होला यो पनि एउटा बिकाशनै हो ।

हिजो पुसमा हुने गाउँ परिसद अहिले जेठ मा हुदैछन यस्लाई मात्र हेर्दा पनि ठूलो परिबर्तन को आवास गर्न सकिन्छ । यहाँ आर्थिक बर्षको समय त परिबर्तन भएकै छैन हिजो किन त्यति ढिला हुन्थ्यो अध्यान गर्न जरुरिछ । हिजो र आज आउने बजेटमा संख्यामा मात्र थोरै फरक छ । हिजो गाबिसमा लाख का मात्र कुरा हुन्थे अहिले करोडौं का यत्ति मात्र फरक हो तर बजेट हिजो आउने विभिन्न साखाबाट जिल्ला बाटै आउथ्यो अहिले हाम्रो मा द्दद्ध करोड छ यश भित्र ज्ञद्ध करोड ससर्त मा छ जो हिजो शिक्षा र स्वास्थ्य कार्यालयले सिधै दिन्थ्यो बाँकि ज्ञण् करोड कृषि , भेटनरि , महिला , घरेलु लाई ब्यबस्थापन र कर्मचारी तभ संबन्धित कार्यालयबाट आउथ्यो यस्मा अहिले यतैबाट छण् लाखका दरले द्द करोड गयो बाँकि ड करोड सचिब प्राबिधिक , प्रसासनका कर्मचारी लाई तभ आवास ब्यबस्थापन लगायताका खर्च हिजो जि बीस ले सिधै दिन्थ्यो अहिले यतैबाट दिदा छ करोड रयो तीन करोड सडक हिजो जिबिसबाट रोजगार जिबिस बाट अभ हिसाब गरौ एक गा बीस ले हिजो बाँडेकै रकम रहेन त रु

आखिर कहाँ गयो हिजोको बजेट रु किन उहीँ बजेटबाट अहिले गुणत्मक बिकाश देखियो रु यीनै प्रश्नको जवाफ खोज्न जरुरि छ जनजनले अनि मात्र थाहा हुनेछ किन भयो देशमा माहान जनयुद्ध किन बगाए रगतको खोलो भनेर अनि मात्रै सजिलै बुझ्न सकिन्छ । तर बिडम्बना स्वार्थ र ब्यक्तिबादि सोचका कारण आज बुझे पनि नबुझेझै गर्ने मध्यम बर्गले देशलाई बिकाशको गतिबाट रोकेर फेरि बिपरित धुर्ब तिर धकेल्न खोजिरहेका छन ।

यसै कुराको अध्यायन गरेर सकरात्मक सोच राख्ने परिवर्तन कारि तप्का एक ठाउँमा आएर लाग्न जरुरि छ । यहाँ नयाँ संविधान नयाँ ब्यबस्थाको लक्ष्य र उदेश्य एकातिर छ भने परम्परागत रुपमा चलिआएको नेतृत्व त्यसबाट परिचालित कर्मचारी तन्त्रले यो ब्यबस्थालाई असफल बनाउन सकेजत्तिकै मेहेनत गरि रहेको छ । संबिधान मा एक लेखेको छ तर ब्या अर्को तिर लगाउदै कार्यनयन मा ल्याईएको छ । जस अनुसार संघ र प्रदेश सरकार यो बाट संचालित निकायहरु बाट संघियताको मर्मर गति बिपरित काम हुनेगरेका छन । ज्ञ०संघ सरकार र यसबाट परिचालित निकायहरु को निस्चित घेरा स् संघ सरकारले स्थानिय सरकारलाई स्वत्तताको अधिकार दियौ भने पनि हरेक कुरामा साङ्लो लगाएको छ । शिक्षाको ज्ञद्द कक्षा सम्मको अधिकार दियको भनेको छ तर अनुगमनको जिम्मा छ नियमनको अधिकार छैन । सरुवा बढुवा मा रोक लगाएको छ ।

बिद्यालय खोल्ने बन्द गर्ने अनुमति छैन , आबस्यक दर्बन्दि सिर्चना गर्ने अधिकार छैन गुणस्तरीय ताको गफ चुटेको छ ज्ञ शिक्षकले छ कक्षा सम्म बढाउन बाध्य छ स्थानिय सरकार केन्द्रको बाटो हेरेर आँखा दुखाइ बस्न बाध्य छ । स्वास्थ्य मा हामिले आबस्यकतामा कर्मचारी पदपूर्ति गर्दा बिकाशे बजेट काटेर दिनु पर्छ दरबन्दी सृजना गर्न पाउदैन प्हरि प्रसासनले यता ज्यन गहिराहुन्छ माथिल्लो प्रभुको आधेश कुरेर बस्नु पर्छ । के यसिरि दिएको अधिकार ले स्वयत्तताको भान हुन्छ । द्द ० प्रदेश सरकार र यसबाट संचालित निकायहरुको मनोमानि स् स्थानिय निकाय सँग केही हतमा समन्य भएपनि अधिकार अनुसारको बिस्वास लिन सकेको छैन । बिकाश देखि लिएर अन्य कामकाजहरुमा स्थानिय तहसँग तालमेल नभई बिचौलिया सँगको साठगाठले प्रदेश सरकारको अस्तित्व माथि प्रस्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले कति सम्म र स्तानिय सरकारले कति सम्मका योजना बनाएर कार्यनयन गर्ने भन्ने कुराको जबसम्म टुङ्गो लागणदैन तब सम्म संघियता माथि प्रश्न चिन्न खडा भईरहनेछ । जिल्ला कार्यलयले छण् हजारका योजना बनाउने हो भने स्थानिय सरकार खारेज गरे हुन्छ राज्यको बजेट काटेर कर्मचारी र जनप्रतिनिधि किन पाल्ने हैन भने कमिसनको लागि जिल्ला कार्यालय किन यदि गौरबका आयोजना मात्र हेर्ने जिल्लाले भने ज्ञ करोड भन्दा तलका सबै आयोजना स्थानिय सरकारले काम गर्ने परिपाटीको बिकाश गर्ने हो भने त्रैमासिक हिसाबमा प्रतिसतको हिसाबमा बजेट खर्च गर्न सकिन्छ र समृद्धि को यात्रअ सजिलै तय गर्न सकिन्छ ।

पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले ल्याउनु भएको नारा समृद्धि सम्भब छ हाम्रै पालामा कार्यनयन मा ल्याउन सकिन्छ । आज द्ध बर्ष बितिसक्दा पनि कुन बजेट कति बजेट कहिलेसम्म कताबाट कार्यनयन गर्ने कुरा मा अलमलमै भएका कारण बजेट फ्रिज जाने र अनियमितता हुने भएको छ । यस्लाई माभदन्ड अपनाउन जरुरि छ । घ ० पार्टी नेतृत्वको ब्यक्तिगत स्वार्थ मिश्रित निर्देशन स् सरकार गठन , जन्म र यस्को संरक्षण पनि पार्टी ले नै गर्नु पर्छ । पार्टी माउ हो भने सरकार चल्ला हो माउले सधै चल्लाको संरक्षण गर्नु पर्छ सबै कुरा माउले नै सिकाउनु पर्छ ।

हाम्रो देशको राजनिति चलन नै भएको छ सरकार र पार्टी सधै दुई दल जस्तै हुने र मान्ने त्यो सरकारको हामी पार्टीका भनेर अौल्याउने परिपाटी भएकाले आज देश जनता र समाजमा राजनिति दल सधै तल हुने र सत्ता माथि हुने भएको छ । सत्तामा जो पार्टी बढि टिक्यो उस्ले बहुमत ल्याउने भएको छ यो रोग पलाँता सरकारलाई जबर्जस्त लगाएको छ । जब सम्म नेताको आसेपासे लाई कर्मचारी र योजना दियो खुसि हुने र निरन्तरता मा कमि आयो कि बिपरित धुर्ब तिर लाग्ने समस्य

बिपरित धुर्ब तिर लाग्ने समस्या डोको भरि भोगि सकेको छ पलाँता सरकारले केही नयाँ काम गर्न खोज्यो कि असम्भव छ गर्न मिल्दैन गर्नु हुदैन जस्ता बाह्य भित्रि दबाब सुरु।हुन्छन । जे लेखृको छ त्यो मात्र गर्न मिल्छ नत्र अतिबादको बिल्ला भिराएर समाजमा नकारात्मक हल्ला सुरु गरिन्छ । गलत कुरा भेटाए समीक्षा गरेर सल्लाह दिएर सच्याउनु भन्दा त्यस्लाई बढावा दिएर जनजनमा नकारात्मक असर पार्ने परिपाटिले आज सोचे जत्ति बिचार लागू गर्न मिलेको छैन यस्लाई सम्बन्धित निकायले ध्यान दिएर नियमन गर्न जरुरि छ । द्ध०सकरात्मक सोचको कमि स् आज समाजमा परम्परागत शैलिले जरा गाडेको छ । पुरानै कुरामा बढि बिस्वास गर्ने र सृजनशिलतामा त्यति चासो अझै बढ्न सकेको छैन । आफुले थाहा पाएको र देखेको कुरामा मात्र बिस्वास गर्ने हुदा नयाँ कुरामा ध्यति बिस्वास नगर्न यो सकरात्मक कुराको कमिले गर्दा हो आज उत्पादनको कुरामा समर्थन गर्ने मान्छे आधुनिक तरिकामा प्रसोधन गर्न खोज्दा बिस्वास गर्दैन । यहि कारण आजको बिकाशलाई प्रबिधि संग जोडेर जान खोज्दा बिरलै समर्थन गर्ने र ब्याक्तिबादि सोचबाट ग्रहसित पहिलो कुरा आफ्नो फाईदा देखेर मात्र काम सुरु गरेको हो भनेर ब्ख्या सुरु गर्छन र सफल बनाउन भन्दा हरेक कृयाकलाप असफल तुल्याउन लागि पर्छन । यस्तो कुराको चिरफार गर्न जरुरि छ ।

अन्तमा यदि सगतको सहि मुल्यांकन गर्दै समृद्ध समाज निर्माण गर्न लाग्ने हो भने सबैले पार्टीको गलत नेतृत्वको गलत निर्देशनको भन्डाफोर गर्दै माथि उठ्नु पर्छ ,सधै सकरात्मक सोचको सारथि बन्नु पर्छ , ब्याक्तिगत स्वार्थ लाई त्याग्दै अर्काको पिर मर्का र दुखमा बढि ध्यान दिनु पर्छ , म मेरा लागि हैन हाम्रा लागि जिउनु पर्छ भन्ने कुरामा हडबडाउनु हुदैन , अर्काको कम्जोरिको भन्डाफोर हैन सच्याउन सल्लाह र मध्यमको खोजि दिनुपर्छ , गलत कुराको कहिल्यै ढागछोप गर्नु हुन्न भन्ने कुरालाई आत्मसाथ गरेर जानू पर्छ भने अब बिकाश निर्माण गर्दा संघ ले कति सम्म प्रदेशले कति सम्म र स्थानियले कति सम्म को लागत अनुमानका योजना निर्माण गर्ने कुराको सुनस्चितता हुनैपर्छ र सामाजिक रुपान्तरण का लागि पुर्ण कृयाकलाप स्थानिय सरकारलाई जिम्मा दिनु पर्छ अनि मात्र परिकल्पना पूरा गर्न सकिन्छ अर्को कुरा दन्ड सजाय ब्याक्तिको पारिबारिक अबस्था हेरेर हैन घटनाको प्रकृति हेरेर हुनु पर्छ जगन्य अपराधलाई फाँसी नै एउटै बिकल्प हो ।

अनि मात्र सुसासन समाजको अनुभूति गर्न सकिन्छ । आममा आर्थिक एकरुपता र क्रान्तिकारी भुमि सुधारनै भ्रष्टाचारको ओखति हुन सक्छ नत्र कागज हेर्ने कानुन ले गलत हेरेर असत्य र सत्य छुट्ई कार्बाहि गरि सुधार्न सम्भब छैन । यस्तो प्रबृत्ति र शासन प्राणालिले सृजनात्मक कुराको प्रयोग र परिचालन असम्भव छ उहीँ निर्देसित सैन्य शैलिको हस् ले समाज मन्द गतिमा चलेर यथास्थिति बादलाई नै बढवा दिन्छ परिबर्तन सम्भब छैन यस्को लागि अझ परिवर्तनका आबाज उठेकाछन एकाकार भएर जानू नै आजको आबस्यकता हो
पलाँता खबर बाट सभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *