जिप दुर्घटना एककाे मृत्यु चार घाइते

कमल कुमाल कालिकाेट जिल्लाकाे रास्काेट नगरपालिका वडा ंन २ सेराचा‌र बाट जिते अाउदै गर्दा कालापानी रोहोटे क्षेत्रमा जिप दुर्घटना भएको छ । मंगलबार बिहान जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन । सेराचौर देखि जितेगडाको लागि छुटेको क १ ज २३ नम्मरको बोलेरो जिप दुर्घटना हुदा १ जनाको घटनास्थमै मृत्यु भएको ।

जिप दुर्घटनामा परी मृत्यु हुनेमा रास्कोट नगरपालिका वडा नं २ घर भएकी अन्दाजी ३७ वर्षिया पम्फा फडेरा रहेकी छिन । गाडीको अगाडीको सिटमा वसेका कारणले उकालोमा गाडी ठोकिएर पल्टी उहाँको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन । कामको सिलसिलामा मान्म आउने क्रममा दुर्घटनामा परी फडेराको मृत्यु भएको हो । दुर्घटना स्थलमा पुग्नु भएकी रास्कोट नगरपालिका उपप्रमुख मिम्सरा बम शाहीले एक जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । उहाँले घाईते सबैलाई उपचारका लागि जिल्ला अस्पताल मान्म पठाईएको बताए ।

दुर्घटना परी घाईते हुनेहरुमा रास्कोट नगरपालिका वडा नं १ का ध्वज बहादुर शाही, उहाँको श्रीमती मैना शाही, वडा नं ३ का चक्र योगी वडा नं २ कविराज न्यौपाने रहेका छन । घाईते मध्य दुई जना गम्भीर छन भने दुई जना सामान्य रहेको उपप्रमुख शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *