भुमि व्यवस्था तथा कृषि मन्त्री शाहीले गरे सेरी पान्तडी सडकको शिलान्यास

कमल कुमाल कालिकोटः जिल्लाको शुभकालिका गाउँपालिका र महाबै गाउँपालिका हुदै जुम्ला जोड्ने सडक खण्ड सेरी पान्तडी सडकको कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीले शिलान्यास गरेका हुन्। । शिलान्यास कार्यक्रममा शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईं ,उपाध्यक्ष पम्फादेवि शाही,खाँडाचक्र नगरपालिका वडा(२ का वडा )अध्यक्ष विर्खसिंह विश्वकर्मा लगाएतको उपस्थित रहेको थियो ।

धेरै पहिला डिपिआर भएको सडक अहिले आएर डेन्डर खुलेको छ।कालिकोट जुम्ला सडक खण्ड पर्ने सेरि पान्तडी सडकले लामो अर्थक प्रयास पछि तिव्रता पाएको मन्त्री शाहीले बताए ।कृषि मन्त्री शाहीले २०७४ सालको निर्वाचनमा गाउँ(गाउँमा भनेका थिए यदि मलाई भोट दिएर जिताउनु भयो भने म यो अधुरो रहेको सेरी पान्तडी सडक म आफ्नै कार्यकालमा शिलान्यास गर्ने छु ।आफू निर्वाचित भएर गएपछि पटकपटक सदमा यसको बारे कुरा राख्दै आएर अहिले मन्त्री भएको बेला आफै शिलान्यास गर्न गृह जिल्ला कालिकोट मा पुगेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *