कालिकोट जिल्लाको पलाता गाउँ पालिकामा कार्यपालिकाको बैठक सम्पन्न

कालिकोट जिल्लाको पलाता गाउँ पालिकामा कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।उक्त कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातीकान्छा, उपाध्यक्ष दाना न्यौपाने लगाएत वडा अध्यक्षहरुको सहभागीता रहेको थियोे । त्यस्तै गाउँ कार्यपालिका समितिका पदाधिकारी हरुको उपस्थिति रहेको बताइएको छ ।
पलाँता गाउँ पालिकाले आ.ब ०७८.०८९ मा बिकास निर्माणको रकम कामदारको खातामा सिधै जाने निर्णय गरेको छ । उपभोक्ता समितिमा टाठाबाठा हुने र काम गर्ने कामदारलाई कहिले पालिकाबाट भुक्तानी आएन कहिले बाह्य खर्च बढि देखाउने र कामदार मर्कामा परेकाले अब त्यखि अनियमितता र भ्रष्टाचार रोक्न यो नीति लगेको हो । अध्यक्ष को प्रस्तावमा बहुमत सदस्यले यो नीति पास गरिएको छ भने आगामि साउन बाट लागू हुने छ ।

गाउँ पालिका स्थित आबासिय बिधालय संन्चालनका लागि आ.ब ०७७.०७८ को असार मसान्तसम्म कर्मचारी करार सेवा द्वारा पदपूर्ति गरि भाद्र १ देखि पठनपाठन गराउनका लागि ब्यबस्थापनका लागि बिपन्न परिवारका बिद्यार्थी भर्ना गर्ने निर्णय गरिएको छ ।

तत्कालिन प्रहरी चौकी, नबिल बैंक शाखा गाउँ पालिकाको कार्यालय लोडेमा संन्चालनका लागि पहल गर्ने लगाएतका निर्णय गरिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *