कालीकोटमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

संसद विघटन गर्ने सरकारको कदमविरुद्ध अनेरास्ववियु ,नेबिसंघ र अनेरास्ववियु ९क्रा०ले राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छन।

कालिकोटको जिल्लाको प्रतिमा चोकमा अगाडि अनेरास्ववियु ,नेबिसंघ र अनेरास्ववियु ९क्रा०ले कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाउदा प्रहरिले हस्तक्षेप गरेको अनेरास्ववियु केन्द्रीय सदस्य भिम आर्चायले बताए ।
प्रहरिको हस्तक्षेप पछि नारा जुलुस गरेका हुन ।

विरोध सभामा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भिम प्रसाद आचार्य,नेविसंघका अध्यक्ष नेत्रबहादुर शाही,नेता सन्तोषजंग मल्ल ,अखिल क्रान्तिकारीका सचिवालय सदस्य हिक्मत सिंह,नरेन्द्र आचार्य,लोकेश पोखरेल,नवीन हमाल लगाएतका विद्यार्थी नेताको उपस्थितिमा कार्यक्रम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *